विराटनगर : कर्णाली प्रदेशमा नेकपा एमलेले पोलिटब्युरो सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । सुर्खेत २(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका कँडेललाई दलको नेता चयन गरिएको हो ।
यसअघि दलको नेतामा दावी गर्दै आएका एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह पछि हटेपनि उनी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै कर्णालीमा नेकपा माओवादी केन्द्रले पनि सर्वसम्मत दलको नेता चयन गरेको छ । माओवादीबाट दलको नेतामा रुकुम पश्चिम प्रदेश (२) बाट निर्वाचित राजकुमार शर्मा सर्वसम्मत चयन भएका हुन् ।
उनलाई माओवादी प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
माओवादीबाट यसअघि दलको संसदीय देलको नेताका लागि चार जनाले दावी गर्दै अएका थिए । तर अन्तिम समयमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीले व्याक हुँदा शर्मा सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् ।