Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको भागमा प्रदेश १ : मुख्यमन्त्री बन्दै हिक्मत कार्की



विराटनगर : सरकार गठनको अन्तिम समयमा सत्ता समिकरण फेदबदल आएसँगै दलहरुबीच प्रदेश सरकारको भागबण्डा सुरु भएको छ । ७ प्रदेशमध्ये नेकपा एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश माओवादी र मधेसमा जसपा र जनमतबाट आलोपालो बन्ने छन् ।

प्रदेश १ मा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की मुृख्यमन्त्री बन्नेछन् । उनलाई एमालेले सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ । दोस्रोपटक झापा ५(१) बाट निर्वाचित भएका कार्की प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुम मन्त्रीसमेत हुन् ।

यता, माओवादी केन्द्रले प्रदेश १ को मुख्यमन्त्रीमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सार्दै वार्ता समिती गठन गरे पनि  केन्द्रको सहमतिअनुसार उनले मुख्यमन्त्री हुन पाउने छैनन्।

प्रदेशमा ४० सिटसहित एमाले पहिलो र १३ सिटसहित माओवादी तेस्रो दल हो । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद चाहिन्छ । एमाले र माओवादी मात्र मिल्दा पनि बहुमत पुग्छ । एमाले र माओवादीसँग ५३ संसद छन् । राप्रपा र जसपाले पनि समर्थन गरे नयाँ गठबन्धनको पक्षमा ६० जना प्रदेशसभा सदस्य हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार