काठमाडाैँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता सकिएकाे छ।
भेटवार्तामा सरकारका नीति कार्यक्रम कसरी बनाउने भन्नेबारे छलफल भएकाे प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।
उनका अनुसार भाेलि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय बैठक बस्नेछ।