विराटनगर : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन्। कारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादवलाई बुधबार जसपाले दलको नेता चयन गरेको हो ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।
जसपाले सरकारमा सहभागिता हुने नहुने विषयमा निर्णय गर्न पुस १८ र १९ मा राजनीतिक समितिको बैठक बस्ने जनाएको छ ।