Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित



काठमाडौं : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।

सङ्घीय संसद् सचिवालयले एक सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ। गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार