Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पार्टीभित्र आएका अवसरको सहि बाँडफाँड नहुँदा धेरै नेताले चुनाव हारे : माओवादी नेता चापागाई



विराटनगर : नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य दुर्गा चापागाई अघिल्लो कार्यकालमा पार्टीभित्र आएका अवसरहरुको सहि ढंगले बाँडफाँड नहुँदा धेरै नेताहरुले टिकट नपाएको र पाएका कतिपय नेताले पनि चुनाव हार्नुपरेको बताएका छन् ।

माओवादीको संसदीय दलको नेतामा दावी गर्दै आएका चापागाई तेह्रथुमको प्रदेशसभा (२) बाट पहिलो पटक निर्वाचित भएका हुन् । संसदीय दलको नेतामा उनीसँगै पोलिटब्युरो सदस्य एवं प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दावी गरिरहेका छन् ।

आङ्बोले अघल्लो पटक पनि संसदीय दलको नेता हुँदै ५ वर्ष मन्त्री भएको बताउँदै चापागाईले पार्टीभित्र आएका अवसरको सबैले आलोपालो गरेर विनियोजित गर्नुपर्ने बताए । उनी भन्छन्, ‘विगतमा पार्टीमा आएका अवसरको सहि बाँडफाँड नहुँदा धेरै नेताहरुले टिकट पाउनुभएको छैन् र पाएका कतिपय नेताले पनि चुनाव हार्नुपरेको छ किनकी अवसर नपाउँदा उहाँहरुले आफ्नो क्षेत्रमा विकास निर्माण र आफ्नो व्यक्तित्व विकास गर्न सक्नुभएन् ।’

सहमतिका लागि आङ्बोसँग आफ्नो कुरा भइरहेको र एकपटक नेताहरुसँग बसेर परामर्श गर्ने चापागाईले बताए । ‘उहाँसँग मेरो कुरा भइरेको छ । सम्भवत हामी सहमतिबाटै टुंग्याउनेतर्फ लाग्छौँ,’ उनले भने, ‘सहमति नभए चुनाव छदैँ छ नि !’

माओवादीले प्रदेश १ को संसदीय दलको नेता छान्न आज बैठक बस्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार