काठमाडौं । सबैको ध्यान खिचेको सुनसरी ४ मा अब करिब ५ हजार ८ सय १८ मत गन्न बाँकी छ । ताजा परिणामअनुसार कांग्रेस उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २८१६६ मत प्राप्त गरेका छन् । एमालेका जगदीशप्रसाद कुशियैत २८०७१ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ९५ छ ।
बिहानको करिब साढे ३ सयबाट कुसियैतले मतान्तर घटाउँदै लगाएका हुन् । अहिले काेशी ६ र बराह १० को गणना सुरू गरिएको छ ।