विराटनगर । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् ।
उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले जितेका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउदा खतिवडाले २६ हजार ८ सय ६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।