इटहरी । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमालेका भीम प्रसाद आचार्य विजयी भएका छन् ।
आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए । अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–२ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।
प्रदेशसभा २ (१)बाट यस अगाडि नै एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । माओवादीका द्वारिकलाल चौधरीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।