Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पर्शुरामले आफैलाई हराउने केदार कार्कीलाई दिए बधाई



विराटनगर : मोरङ क्षेत्र नम्बर ६(२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।

कार्की १० हजार ४३१ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि बस्नेतले ९ हजार २५१ मत ल्याए ।

कार्कीसँग पराजित भएका बस्नेतले विराटनगरको आदर्श मावि मतगणनास्थल पुगेर बधाई दिए । उनले टिका र माला लगाइदिएर बधाई दिएका हुन् ।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका कार्की हाल प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

कार्कीले अघिल्लो पटक एमालेका रमेशप्रसाद पोखरेललाई पारजित गरेका थिए । कार्कीले केदार कार्की ११ हजार २९८ ल्याउँदा पोखरेलले ८ हजार १२० मत ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार