Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा एमाले पहिलो, कांग्रेस दाेस्राे र माओवादी तेस्रो स्थानमा



विराटनगर : प्रदेश १ मा सबैभन्दा बढी प्रदेशसभाको सिटमा विजय हासिल गर्दै नेकपा एमालेले अग्रता लिएको छ । जारी मतगणनाकाे पछिल्लाे परिणाम अनुसार एमालेले हालसम्म १४ वटा क्षेत्र जित्दै पहिलाे स्थानमा छ ।

नेपाली काग्रेसले भने ९ वटा क्षेत्रमा जित्दै दोस्रो र माओवादी केन्द्र ५ वटामा जित्दै तेस्रो स्थानमा छन् । भने ले भने ४ वटामा जित निकाल्दै अन्य ४ वटा क्षेत्रमा अग्रता कायम राखेको छ । यस्तै नेकपा एसले १ र राप्रपाले १ स्थानमा विजयी भएका छन् । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार जित्ने दल र उम्मेद्वारको नामावली यस प्रकार छ :

नेकपा एमाले विजयी भएका क्षेत्रहरू
१ पाँचकर्ण राई, खोटाङ १
२ जयप्रकाश चौधरी, मोरङ ४ (१)
३ तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १
४ रामबहादुर राना, इलाम २ (२)
५ एकराज कार्की, झापा २ (१)
६ तिलचन पाठक, झापा २ (२)
७ छविलाल चुँडाल, झापा ३ (२)
८ राधाकृष्ण खनाल, झापा ४ (१)
९ हिक्मतकुमार कार्की, झापा ५ (१)
१० होमबहादुर थापा, झापा ५ (२)
११ निरन राई, धनकुटा १
१२ इन्द्रमणि पराजुली, धनकुटा २
१३ उमाकान्त गौतम, मोरङ १ (१)
१४ बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २

नेपाली काँग्रेस विजयी भएका क्षेत्रहरू
१ भुपेन्द्र राई, खोटाङ २
२ प्रदिपकुमार सुनुवार, ओखलढुंगा १
३ गोपाल तामाङ, झापा १ (१)
४ रामकुमार खत्री, उदयपुर २ (२)
५ मानबहादुर लिम्बू, मोरङ ३ (१)
६ गयानन्द मण्डल, मोरङ ५ (१ )
७ अमृत अर्याल, मोरङ ५ (२)
८ खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २
९ भूमि प्रसाद राजवंशी, झापा ३ (१)

माओवादी केन्द्र विजयी भएका क्षेत्रहरू
१ इन्द्रबहादुर आङ्बो, पाँचथर २
२ बाबुराम गौतम, ओखलढुंगा २
३ नारायण बहादुर मगर, उदयपुर २ (१)
४ जीवन आचार्य, मोरङ ६ (१)
५ गोम्बु शेर्पा, सोलुखुम्बु १

नेकपा एस विजयी भएका क्षेत्रहरू
१ राजेन्द्रकुमार राई, भोजपुर १

राप्रपा विजयी भएका क्षेत्रहरू
१ सविना बजगाईं, झापा १ (२)

प्रतिक्रिया
सम्बन्धित समाचार