Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ५(२) मा कांग्रेसका अमृत अर्याल विजयी



विराटनगर : मोरङो क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका अमृतकुमार अर्याल विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयराम यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अर्यालले यादवको भन्दा ५ हजार २७८ बढी मत ल्याएर विजयी भएका हुन् । उनले १६ हजार १०२ मत ल्याउँदा यादवले १० हजार ८२४ मत ल्याए ।

जयराम यादव २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार