Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटाका सबै क्षेत्रमा एमालेको अग्रता कायमै, पछ्याउँदै गठबन्धनका उम्मेदवार



विराटनगर : धनकुटामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार उनले १५ हजार ३३६ मत पाएका छन् ।

सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सुनिल थापा १४ हजार ७६५ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिएका हेमराज भण्डारीले ३७२० मत पाएका छन् ।

यस्तै दुवै प्रदेशसभातर्फ पनि एमालेका उम्मेदवार अग्रता बनाएका छन् । प्रदेश(१) मा एमालेका निरन राई अग्रस्थानमा छन् । उनले ७९३३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले ४७७२ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका रकम चेम्जोङले ४२५० मत पाएका छन् ।

यसैगरी प्रैदेश (२) मा एमालेका इन्द्रमणी पराजुलीले ८८२९ मत पाउँदा नेकपा माओवादी केन्द्रकी कुसुम श्रेष्ठले ६५०६ मत ल्याएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार