विराटनगर : नेकपा एमालेले इलामका दुवै संघीय निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । क्षेत्र नम्बर १ मा एमालेले सुरुवाती चरणबाट्र अग्रता कायम गरेपछि क्षेत्र नमबर २ मा अग्रता बनाउन सकेको थिएन् । अहिले २ मा पनि एमालेले अग्रता कायम गरेको छ ।
इलाम १ मा एमालेका महेश बस्नेत अग्रस्थानमा छन् । उनले १० हजार २८७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले ८ हजार ७८० मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् । उनले ८ हजार २९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६९९ मत ल्याएका छन् ।
यस्तै १ को प्रदेश (१) मा नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वाले ५०५७ र एमालेकी शोभा पराजुलीले ४४०२ मत ल्याएकी छिन् । १(२) मा नेपाली कांग्रेसका शम्शेर राईले ५६४६ र एमालेका दिपककुमार थेवेले ५४५१ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश (१) मा मतगणना भएको छैन् । २(२) मा एमालेका रामबहादुर रानाले अग्रता बनाएका छन् । उनले ७६३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादीका हर्कबहादुर लावतीले ६४६५ मत ल्याएका छन् ।