विराटनगर : ६ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमाले र कांग्रेसले दुई/दुई क्षेत्रमा अग्रता कायम राखेका छन् । नेकपा माओवादीले र स्वतन्त्र उम्मेदवारको एक/एक क्षेत्रमा अग्रता छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मोरङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायम राखेका छन् । उनले २७४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु २०३२ ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल श्रेष्ठले १२२७ र राप्रपाका होमनाथ गौतमले ७४८ मत ल्याएका छन् ।
क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेल ३०५९ मतका साथ पहिलो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला २७१२ मत ल्याएर पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले २९७, राप्रपाका गोपाल दाहालले १८६ मत ल्याएका छन् ।
मोरङ क्षेत्र नं ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ३१३२ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले १५७३ मत ल्याएर साथ दोस्रो स्थानमा रहँदा राप्रपाकी रेखा थापा ९०६ मतका साथ तेस्रो स्थानमा छिन् ।
क्षेत्र नं ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अग्रस्थानमा छन् । उनले ७१९९ मत ल्याउँदा एमालेका विनोदप्रसाद ढकाल ४९६७ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । उनले ४१२२ मत पाएका छन् । उनलाई जनता समाजवादीका राजकुमार यादव र माओवादीका शिवकुमार मण्डलले पछ्याइरहेका छन् । यादवको ३६५५ मत र मण्डलको ३५९० मत छ ।
नेपाली कांग्रेसका डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ मा अग्रता बनाएका छन् । कोइरालाले २७८५ र उनका प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले २३८० मत ल्याएका छन् ।