विराटनगर : इलामको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायम राखेका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाललाई पछि पार्दै अग्रता कायम बनाएका हुन् ।
बस्नेतले ५६२६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खनाल ४८५० मतका साथ दोस्रो स्थानमा छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ६७१ र राप्रपाका तोयानाथ शर्मा सापकोटाले ४३४ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दोस्रो स्थानमा छन् । नेम्वाङलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्का अग्रस्थानमा छन् । खड्काले २१७८ र नेम्वाङले २१०१ मत ल्याएका छन् ।