विराटनगर : दुई संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले क्षेत्र नम्बर १ र एमालेले क्षेत्र नम्बर २ मा अग्रता बनाएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का अग्रस्थानमा छन् । उनले २१०८ मत ल्याएका छन् । यस्तै एमालेकी मन्जुकुमारी चौधरीले १८८० मतका ल्याएकी छिन् ।
यस्तै क्षेत्र नं २ मा भने एमालेले अग्रता बनाएको छ । एमालेका अम्वरबहादुर रायामाझी ७२६० मत ल्याई अग्रस्थानमा छन् । उनलाई नेकपा एकिकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले ६०५३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले ४६२२ मत ल्याएर तेस्रो स्थानमा छन् । राई नेपाली कांग्रसका क्षेत्रीय सभापतीसमेत हुन् ।
यस्तै प्रदेश १(१) मा नेकपा एमालेका कुशल वावु बस्नेत १६५५ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धि नेकपा माओवादीका राजन किराँती १६१४ मत ल्याउँदा राप्रपामा सुभास चन्द्र खड्काले ३०९ मत ल्याएका छन् ।
प्रदेश १(२) मा निवर्तमान संसद हिमाल कार्कीले अग्रता कायम गरेका छन् । उनले २६१५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वर मणि राउतले २०६१ मत ल्याएका छन् । उनीहरुलाई राप्रपाका ज्ञानबहादुर राई ३७२ मतका साथ पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर २ को प्रदेशसभाको भने मतगणना सुरु भएको छैन् ।