विराटनगर : नेकपा माओवादीबाट मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदी अस्पताल भर्ना भएका छन् । चुनावी अभियानका क्रममा अस्वस्थ भएपछि मोदीलाई अस्पताल भर्ना गरिएको हो ।
चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रममा रहेका मोदी आइतबार साँझ अचानक बिरामी परेका हुन्। मोदीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।