विराटनगर : प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोली सार्वजनिक विदा दिएको छ । थापाको शोकमा प्रदेशले बिहिबार सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले एक विज्ञप्ती जारी गर्दै विदाको जानकारी दिएका हुन् ।
निरौलाका अनुसार प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द हुने भएका हुन् ।
सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ।
मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
उनी नियोनियाबाट ग्रसित थिए ।
