विराटनगर : मंसिर ४ मा हुने आम निर्वाचनमा मोरङको क्षेत्र नम्बर-२ को प्रदेश (क) बाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश उप्रेती ‘शुशिल’ यतिबेला मत माग्न व्यस्त छन् । उप्रेतीले घरदैलो र मतदातासँगको भेटघाटलाई तीव्ररुपमा अघि बढाएका छन् ।
लामो समयदेखि स्थानीय स्तरमा राजनीति गरेका उप्रेती मतदाताहरुको समस्या सुन्ने र आफ्ना एजेन्डाका विषयमा जनतालाई सुनाउँदै चुनावी अभियानमा छन् ।
उनीसँगै मोरङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला साझा चुनावी एजेन्डा लिएर मतदातासँग भेटघाट गरिरहेका छन् ।
चुनावी अभियानका क्रममा मंगलबार एक सभामा बोल्दै उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो ।’
विकास निर्माणमा लागि गठबन्धन आवश्यक भएको बताउँदै उनले आफ्नो क्षेत्रको विकासका लागि गठबन्धनका उम्मेदवारलाई भोट दिएर विजय गराउन आग्रह गरे ।
स्थानीय समस्यासँग आफू जानकार भएकाले समस्या समाधानमा लागि आफ्नो जित आवश्यक रहेको उनले बताए । ‘किसानहरुको बाहुल्यता भएको हाम्रो क्षेत्रको प्रमुख समस्या बक्राहा नदिको समस्या हो’, उनले भने, ‘यसका लागि म आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नेछु ।’
आफ्नो क्षेत्रका नागरिकको विकास र समृद्धिमा धेरै अपेक्षा भएकाले त्यसलाई पुरा गरेर नागरिकको जीवनस्तर सुधार गर्न आफ्नो उम्मेदवार रहेको उप्रेतीले बताए ।