विराटनगर : झापाको मेचीनगरबाट प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको छ । सोमबार राति जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीलले मेचिनगर-६ बाट भन्सार छलीको सामान बरामद गरेको हो ।
झापा प्रहरीका अनुसार चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गर्दा १ लाख ५० हजार मूल्य बरावरको मोटर पार्टसका विभिन्न सामानहरु बरामद गरिएको हो ।
बरामद गरिएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।