Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक



विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ। सबै नागरिकलाई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ बनाएर उत्पादनशील जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यसहित नीति ल्याइएको हो ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार उक्त नीतिमा ६ उद्देश्य र २६ नीति तथा रणनीति समावेश छन् । गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले नीति स्वीकृत गरेको थियो ।

नीतिमा आधारभूत स्वास्थ्य सेवामा पूर्वाधारको कमी, गुणस्तरीय सेवा प्रवाहमा चुनौती, अपर्याप्त जनशक्ति, लगानीको अभाव, विशेषज्ञ तथा सघन उपचार सेवाको कमी, बालबालिकामा रक्तअल्पता र महिलामा कुपोषण, क्षयरोग, कुष्ठरोगलगायत रोगको उच्च सङ्क्रमणलाई प्रमुख समस्या भनेर उल्लेख गरिएको छ ।

स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको र मानसिक स्वास्थ्य समस्यासमेत प्रदेशको गम्भीर चुनौतीका रूपमा नीतिमा समेटिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार