Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा मुख्यमन्त्री कार्की र जापानी राजदूतबीच भेटघाट, कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोगको आग्रह



विराटनगर । कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मत कुमार कार्की र जापानका राजदूत H.E. Mr. MAEDA Toru महामहिम  माईडा टोरु बीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा भेटघाट भएको छ । भेटमा आपसी हितका विषयमा कुराकानी भएको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो।उहाँले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न  आग्रह गर्नुभयो ।

सो अवसरमा जापानी राजदूत मोइडा टोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र एग्रिकल्चरमा सहयोग गर्न तयार रहेको बताउनुभयो । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनाल खनालका अनुसार भेटघाटमा प्रदेशको विकास र समृद्धिका विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार