Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पहिरोले घर पुरिँदा चार जना घाइते



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । गएराति हस्तबहादुर कटुवालको घर पहिरोले पुरेको हो । पहिरोले घर पुरिँदा कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका छन् ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार