Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृषि पहिलो प्राथमिकता – मुख्यमन्त्री कार्की



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ भन्ने अभियान साथ काम गरिरहेको बताएका छन् ।

आज धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताए ।

उनले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औल्याए । प्रदेश सरकारले ‘किसान पहिलो’ भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उनले यस वर्षको नीति कार्यक्रम र बजेटमा ‘किसान पहिलो’ भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा बताएका छन ।

पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिनुपर्ने जोड दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनले बताए । त्यसैगरी मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेको ओबी मिडियाले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका छन। सो अवसरमा उनले धान उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार