Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

असार १५ : धान दिवस मनाइँदै



काठमाडौं । आज असार १५ अर्थात् धान दिवसको अवसरमा नेपालभर धान रोपाइँ उत्सव मनाइँदै छ। ‘मानो रोपेर मुरी उब्जाउने’ परम्परालाई आधुनिक कृषि प्रविधिसँग जोड्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित देशभर रोपाइँ महोत्सव मनाइएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष २२औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइँदैछ। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु अनुकूलित प्रविधिको प्रयोग, सघन धान खेती र उत्पादन वृद्धिमार्फत खाद्यान्न आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ।

हाल देशमा १४ लाख २० हजार हेक्टर क्षेत्रमा धान खेती भइरहेको छ भने गत वर्षको तुलनामा ४.०४ प्रतिशत उत्पादन वृद्धि भएको थियो। नेपालमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ तर १० लाख मेट्रिक टन अपुग छ, जसका कारण आयात बढिरहेको छ।

यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिँदै धान उत्पादन वृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भर कृषिको दिशामा एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार