Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जनता नमुना माविमा नेपाल टेलिकमद्वारा आइसिटी ल्याबका लागि सामग्री हस्तान्तरण



विराटनगर । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगरले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयलाई आज आइसिटी ल्याब निर्माणका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

विद्यालयलाई १२ थान लेनेभोको अल इन वान कम्प्युटर, १ थान प्रिन्टर, १२ थान युपिएस, १२ थान एन्टिभाइरस, १ थान एपि राउटरलगायतका सामग्रीहरू निर्देशनालयका निर्देशक विमलेश झा, सहायक प्रशासकीय अधिकृत प्रकाश शर्मा लगायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज विक्रम शाह र प्रधानाध्यापक चिन्तामणि रिजाललाई हस्तान्तरण गरेको टेलिकम कार्यालयका गरे ।

कार्यक्रममा टेलिकमका विभिन्न तहका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। निर्देशक झाले कोशी प्रदेशका आठ विद्यालयमा यस्ता सामग्री उपलब्ध गराउने योजनाअनुसार हालसम्म ६ विद्यालयमा सामग्री वितरण भइसकेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले सामुदायिक विद्यालयमा आइटी शिक्षा प्रवर्द्धनमा टेलिकमको योगदानप्रति आभार व्यक्त गर्दै सामग्रीको उचित प्रयोग र संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार