Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकेसम्म सन्तुलित रहेको दाबी गरेका छन्। साथै, आगामी दिनमा माग र आपूर्तिबीचको असन्तुलन हटाउन थप प्रयास गरिने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसँग सम्बन्धित खर्च कटौती प्रस्तावमाथि छलफल चल्दा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

माग र आपूर्तिको असन्तुलन मिलाउनेतर्फ सरकार गम्भीर रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले वैदेशिक र निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै लगानी बोर्डमार्फत प्रभावकारी योजना कार्यान्वयन गरिने बताए ।

प्रधानमन्त्री ओलीले संसदलाई जनताको बलिदान र सपना साकार पार्ने थलोको रूपमा चित्रण गर्दै लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न सांसदहरूलाई आग्रह पनि गरे।

अबको प्राथमिकता सन्तुलित बजेट, लगानी प्रवर्द्धन र समावेशी विकास हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार