Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूको बैठक



काठमाडौं । सङ्क्रमणकालीन न्याय प्रणालीसँग सम्बन्धित विषयहरू लगायत समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकaपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

बैठकमा सङ्क्रमणकालीन न्याय प्रणालीलाई निष्कर्षमा पुर्‍याउने प्रक्रिया, त्यससम्बन्धी विधेयकको अन्तिम रूप तथा अन्य समसामयिक राजनीतिक विषयमा सहमति जुटाउने प्रयास भएको स्रोतले जनाएको छ। विशेष गरी द्वन्द्वकालीन मुद्दाहरूको निष्पटार तथा पीडितको न्याय सुनिश्चित गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको जनाइएको छ।

बैठकमा हालको सरकारको प्राथमिकता, निर्वाचनको तयारी, संवैधानिक नियुक्ति, र संघीयता कार्यान्वयनजस्ता विषयमा पनि विचार–विमर्श भइरहेको बताइएको छ।

यसअघि पनि प्रमुख दलहरूबीच द्वन्द्वपीडितको न्याय, सत्यनिरूपण र मेलमिलाप आयोगको पुनर्गठन लगायत विषयमा पटक–पटक छलफल हुँदै आएको छ। तर, ठोस सहमति नजुट्दा प्रक्रिया लम्बिँदै आएको छ।

आजको बैठकलाई सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार