Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इजरायलको बंकरमा अड्किए विराटनगरका मेयर कोइराला



विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला हाल युद्धको जोखिमका बीच बंकरमा बस्न बाध्य भएका छन्। इजरायलले इरानमाथि आक्रमण गरेपछि शुरु भएको इरानको प्रत्याक्रमणका कारण उनीसहित फिलिपिन्सका सांसदहरू सहित १७ जना विदेशी प्रतिनिधि सुरक्षित बंकरमा राखिएको हो।

कोइरालाका अनुसार उनीहरू इजरायलको राजधानी तेल अभिभबाट ३० किलोमिटर टाढा रहेको सेफाइम भन्ने सहरमा रहेका छन्। “हामी इजरायलको सहकारी अभ्यास अध्ययन गर्न आएका हौं, अहिले सरकारले बंकरमै राखेको छ,” उनले बताए।

कोइरालाको जेठ ६ गते नेपाल फर्कने कार्यक्रम तय भए पनि, आपतकालका कारण विमानस्थलहरू बन्द हुँदा फर्किने मिति अनिश्चित बनेको छ। खतरा भएको संकेतमा साइरन बज्नेबित्तिकै बंकरमा बस्नुपर्ने नियम लागू गरिएको उनले जानकारी दिए।

उनलाई नेपाली राजदूत धनप्रसाद पण्डितले भेटेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार