Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कान्तिपुरको बसमा कुर्ता तस्करी



विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलको नाम अंकित बसबाट ३८७ थान कुर्ती बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रानीका अनुसार प्रदेश १–०२–००२ख ००९ नम्बरको स्कुल बस विद्यार्थी बोकेको देखिए पनि सो बसबाट व्यावसायिक सामग्री भेटिएको हो।

कुर्तीहरू बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको र बस नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस घटनापछि कान्तिपुर कलेजले सो बस आफ्नो नभएको स्पष्ट पारेको छ। कलेजका एक संचालकका अनुसार बसको नाम र रङ मिल्दो भए पनि उक्त बस उनीहरूको संस्थासँग सम्बन्धित नभएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। स्कुल बस प्रयोग गरी अवैध ढुवानीको प्रयास भएको आशंकामा विषयले चासो पाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार