Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको ३५ अर्ब ८८ करोडको बजेट सार्वजनिक, समावेशी र दिगो विकासमा जोड



विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र दिगो विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जानकारी दिए ।

प्रस्तुत बजेटमा चालु खर्चतर्फ १८ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ (५२ प्रतिशत), पूँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा बजेट १।७ प्रतिशतले वृद्धि भएको छ भने संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले बताए।

प्रदेश सरकारले स्थानीय तहमा ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँको वित्तीय हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। यसले स्थानीय विकास र सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

बजेट खर्चका लागि स्रोत व्यवस्थापन यथार्थपरक र भरपर्दो रहेको प्रदेश सरकारले स्पष्ट पारेको छ। मन्त्री रानाका अनुसार आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, वित्तीय समानीकरण अनुदान (संघ सरकारबाट) ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख , समपूरक अनुदानस् ४९ करोड १७ लाख, विशेष अनुदान ५५ करोड ७२ लाख र रोयल्टी आम्दानी ३५ करोड ६ लाख रुपैयाँ अया हुने अनुमान छ ।

मन्त्री मगरले बजेटले प्रदेशको दिगो विकास, सामाजिक न्याय, पूर्वाधार सुदृढीकरण र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले समावेशी नीति, क्षेत्रगत सन्तुलन र दीर्घकालीन प्रभावका दृष्टिकोणले बजेट सकारात्मक रहेको उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार