Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै



विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

चालु आर्थिक वर्षमा करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यस वर्ष पनि सोही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार प्रदेश सरकारले सडक निर्माणलगायत भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने गरी बजेट विनियोजन गर्न लागेको हो।

विकास निर्माणको गतिलाई तीव्र बनाउन आवश्यक संरचना निर्माण तथा मर्मत–संभारमा बजेट केन्द्रित हुने स्रोतले जनाएको छ। बजेटमार्फत स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा र रोजगारी प्रवर्द्धनका कार्यक्रम पनि समावेश गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार