Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सहमतिपछि प्रचण्डले भने – ‘सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख दलबीच दुई बुँदे सहमति जुटेसँगै प्रतिनिधिसभा सञ्चालन हुने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रास्वपाको केही अडान रहेपनि मूलभूत विषयमा समस्या नरहेको स्पष्ट पारे। उनले भने, “अब हाउस खुल्छ। रास्वपासँग हाम्रा मूलभूत विषयमा केही समस्या छैन, तर उहाँहरूका केही अडानका कारणले आफ्नो ढंगले जानुहुन्छ।”

उनले रास्वपासँग विमति वा आरोप–प्रत्यारोपको अवस्था नरहेको दाबी गरे।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भने तीन दलबीच भएको सहमति अस्वीकार्य भएको भन्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान दोहोर्‍याएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार