Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लस एन्जलसमा ट्रम्पको नीतिविरुद्ध प्रदर्शन चर्कियो, प्रमुख राजमार्ग अवरुद्ध



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन झन् चर्किएको छ । राष्ट्रपति ट्रम्पले ठूलो सङ्ख्यामा राष्ट्रिय सुरक्षागार्ड परिचालन गरेपछि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले लस एन्जलसका प्रमुख राजमार्गहरू समेत अवरुद्ध गरेका छन् । उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाएको र भिड नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा, कङ्क्रिटका टुक्रा तथा आतसबाजी प्रहार गरिरहेका छन् । प्रदर्शन लगातार तीन दिनदेखि जारी रहेको जनाइएको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राष्ट्रपतिसमक्ष सेना परिचालन फिर्ता लिन अनुरोध गरेका छन् । तर राष्ट्रपति ट्रम्पले भने ‘कानून र व्यवस्था कायम गर्न’ सेना तैनाथ गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार