विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ क्षेत्र नम्बर ५का सासंद योगेन्द्र मण्डलको तारिफ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य नेता रहेको बताएका छन् ।
मण्डल काम गर्ने नेता भएको भन्दै उनले निर्वाचित गराएकोमा त्यस क्षेत्रका जनतालाई समेत धन्यवाद व्यक्त गरे । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘ म यहाँका जनतालाई धन्यवाद भन्न चाहान्छु, वास्तबमा तपाईहरुले ठिक प्रतिनिधिलाई जिताउनुभयो । उम्मेदवार त पार्टीहरुका पनि थिए होला तर योग्य प्रतिनिधि योगेन्द्र मण्डलजीलाई जिताउनुभयो । जनप्रतिनिधि भनेको कामको नेता हुनु पर्छ । उहाँ कामको नेता हो ।’
एक जना व्यक्तिको पहलमा पनि यस्तो काम गर्न सक्छन भन्ने उदाहारण योगेन्द्र मण्डलले पुष्टि गरेको भन्दै उनले भने कुनै बेला उहाँले बोक्न नसक्ने गरीको सम्मान तपाईहरुले गर्नु पर्छ ।
‘म जुन कुरा भन्छु त्यही कुरा आज योगेन्द्र जी ले भनेको सुन्दा खुसी लागेको छ ।’ भन्दै प्रधानमन्त्री ओलीले भने – ‘आज हरेक युवाले उद्यमशिलताको सुरुवात गर्न आवश्यक छ । उद्यामशिलताबाट मात्रै रोजगारी सृजना हुन्छ त्यसैले जीवन विकास समाजले गरिरहेको काम नै विकासको बाटो हो ।’