Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तुलसी सहकारी अपचलन प्रकरणमा अध्यक्ष शर्मासहित तीन जनालाई सजाय



विराटनगर । मोरङको तुलसी बहुमुखी सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा दोषी ठहरिएका अध्यक्ष केदारनाथ शर्मालगायत तीन जनालाई मोरङ जिल्ला अदालतले सजाय तोकेको छ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तोकेको हो। साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ।

सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई अदालतले २ वर्ष २ महिना कैद, २७ लाख बिगो, सोही बराबर जरिवाना र राहत कोषमा १ लाख ८ हजार रुपैयाँ तिर्न आदेश दिएको छ। सहकारीकी सचिव सविना न्यौपानेलाई २ वर्ष कैद र पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ। अदालतले तीनैजनालाई सहकारी सदस्यको विश्वास तोडेको र आपराधिक आर्थिक दुरुपयोग गरेको ठहर गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार