Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीसँग बजेट माग्दै गौरिगञ्जका जनप्रतिनिधि



विराटनगर। प्रदेश सरकारले बजेट ल्याउने तयारी सुरु गरेसँगै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपानेको नेतृत्वमा बजेटको माग गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग भेटघाट गरेका छन्।

गौरीगञ्ज गाउँपालिकाका वडाध्यक्ष श्रवण गिरी, फेका गिरी र एमालेका जिल्ला सदस्य एवं गौरीगञ्ज पालिकाका एमालेका युवा नेता धर्मेन्द्र राजवंशी सहितको टोलीले मुख्यमन्त्री सँग भेटघाट गरेको हो।

उपाध्यक्ष न्यौपानेले गौरीगञ्जको विकासमा महत्वपूर्ण हुने आयोजना र पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने काम र योजनाका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएको बताए । उनका अनुसार गौरीगञ्जका विकासका योजनाहरू पनि मुख्यमन्त्री कार्कीलाई दिइएको छ।

भेटघाटमा मुख्यमन्त्री कार्कीले गौरीगञ्जको विकासमा आफूले सक्दो ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। गौरीगञ्जझापा जिल्लाको दक्षिणवर्ती गाउँपालिका हो।

प्रतिक्रिया
सम्बन्धित समाचार