Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजतन्त्रको पक्षमा उभिने मानसिकता दरिद्रताको संकेत : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक सर्वोच्चताको परिकल्पना त्यागेर राजतन्त्रको पक्षमा उभिनेहरूलाई ‘दास मानसिकता बोकेका’ भन्दै आलोचना गरेका छन्।

संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित शासन प्रणालीलाई छोडेर एउटा परिवारले सधैं शासन गर्नुपर्छ भन्ने सोच ‘मानसिक दरिद्रता’ भएको टिप्पणी गरे।

‘भारत, अमेरिका, चीनलगायत संसारका शक्तिशाली मुलुकहरू निर्वाचित प्रतिनिधिहरूले चलाएका छन्’, उनले भने, ‘केही देशमा राजतन्त्र खुम्चिएर औपचारिक भूमिकामा सीमित छ, तर यसको न वैज्ञानिक आधार छ, न नै न्यायिक।’

राजतन्त्रको माग गर्दै सडकमा उत्रिनेहरूप्रति दया लाग्ने टिप्पणी गर्दै ओलीले लोकतन्त्रमा नागरिक सर्वोच्चता कायम राख्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार