सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बाँसको भाटाले हानेर एक व्यक्तिको हत्या गरिएको छ।
हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो निवासी ४० वर्षीय प्रेम कुमार कुलुङ राई रहेका छन्। उनलाई हत्या गरेको आरोपमा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति आफ्नै घरमा प्रेम कुमारमाथि रघुले बाँसको भाटा र लाठ्ठीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा शुक्रबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।