पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। पोखरामा मंगलबार सम्पन्न संघको १०औं राष्ट्रिय भेला अन्तर्गत भएको निर्वाचनमा थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्।
निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै ७९६ मत प्राप्त गरे। पुरीले ६०८ मत ल्याएका थिए। थेबे १८८ मतको स्पष्ट अन्तरले विजयी बनेका हुन्।
पोखरा सभागृहमा सम्पन्न मतदान प्रक्रियाले संघभित्र प्रजातान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको आयोजकले बताएका छन्। पुनः अध्यक्ष बनेका थेबेले युवाको नेतृत्वमा संगठनलाई अझ सक्रिय, सिर्जनशील र उत्तरदायी बनाउने प्रतिबद्धता जनाएका छन्।