विराटनगर । गणतन्त्र दिवस मुल समारोह समिति कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गणतन्त्र दिवसको अवसरमा विराटनगरमा कन्सर्ट कार्यक्रम गर्ने भएको छ ।
गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन प्रदेश सरकारले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । खास गरेर किशोर किशोरी र युवाहरुलाई लक्षित गर्दै उत्सवका साथ गणतन्त्रको भावना जगाउन यो कार्यक्रम आयोजना गरिएको हो ।
गणतन्त्र दिवसका दिन विराटनगरको जनआन्दोलन चोकमा हुने सांस्कृति कन्सर्टमा राष्ट्रिय स्तरका कलाकारले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत गाउने कार्यक्रमको संयोजन गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
कार्यक्रमा रचना रिमाल, सुमित खड्का अन्जु गौतम, मञ्जु गौतमलगायतले प्रस्तुती दिने छन् । प्रदेश सरकारले यो वर्ष तीन दिन विविध कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाउँदै छ । दिपावली , अन्तरकृया, पत्रकारलाई सम्मान लगायतका कार्यक्रम दिवसको अवसरमा गर्ने प्रदेश सरकारको तयारी छ ।