काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब बन्ने बताएका छन्। बनेपामा प्रस्तावित चलचित्र स्टुडियोको घोषणा कार्यक्रममा बोल्दै उनले धुर्मुस–सुन्तलीलाई पहिले “यो सम्भव छैन” भन्दै रोकेको सम्झना गरे।
उनले भने, “मैले भनेको थिएँ – नगर बाबु, नानी, यो सम्भव छैन। तर उनीहरूले आँट गरे, धेरै दुख पाए। माया लाग्छ।”
प्रधानमन्त्री ओलीले सुरु गरेको काम अन्ततः सफल हुने विश्वास व्यक्त गर्दै रंगशाला निर्माण अब रोकिँदैन भन्ने आश्वासन दिए। “अब क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुख कष्ट पनि हट्छ,” उनले भने।