काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका लागि नियुक्त नयाँ भारतीय राजदूत नविन श्रीवास्तवसँग शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन्। भेटमा हालै भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमण, त्यसपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्लो घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजदूत श्रीवास्तवले घटनाबारे जानकारी गराउँदै भारतले जवाफी कारबाही गरे पनि जेट आक्रमण गरेको भन्ने प्रचार सत्य नभएको बताए। उनले नेपाल सरकारद्वारा सार्वजनिक गरिएको औपचारिक वक्तव्यप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल कुनै पनि द्वन्द्वरत पक्षलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याए। साथै, उनले नेपाल शान्तिपूर्ण कूटनीतिमा विश्वास गर्ने राष्ट्र भएको र सबै प्रकारका आतंकवादको भत्र्सना गर्ने स्पष्ट पारे।
राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको यस भेटवार्तालाई नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने संकेतका रूपमा हेरिएको छ।