काठमाडौँ । सङ्घीय संसद्को दुवै सदन — प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १२स्१५ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
यस बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा उठाइएका विषयबारे आ–आफ्ना धारणा राख्नेछन्। सरकारको नीति तथा कार्यक्रममाथि देखिएको समर्थन वा आलोचनाले आगामी बजेटको दिशा निर्धारणमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ।