Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते



पाल्पा । पाल्पाको  रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गए राति सवा १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडक हुँदै ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामी मगर, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन्।

जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते भएका छन्। उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार