Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओली र देउवाबीच बालुवाटारमा भेट, सत्ता सहकार्य सुदृढ बनाउने सहमति



sher and kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा सत्ता सहकार्यलाई थप प्रभावकारी बनाउने र आपसी समझदारीलाई मजबुत पार्ने विषयमा कुराकानी भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

पछिल्लो समय सरकार परिवर्तनसम्बन्धी विभिन्न हल्लाहरू चले पनि नेताहरूले यस्ता खबरलाई पूर्णतः निराधार र तथ्यहीन भन्दै अस्वीकार गरेका छन्।

प्रधानमन्त्री निवासमा आयोजित भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। स्रोतका अनुसार भेट सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार