काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ।
शास्त्रीय मान्यता अनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूलो मानिएकी आमाप्रति श्रद्धा, भक्ति र आदर व्यक्त गर्ने यो दिनमा छोराछोरीहरूले बिहानै उठेर आमालाई मिठा–मिठा खानेकुरा खान दिई, राम्रा लुगा लगाइदिई आशीर्वाद थाप्ने चलन छ।
आमा दिवङ्गत भएका सन्तानहरूले भने आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गर्दै श्रद्धासाथ सम्झना गर्छन्। सनातन वैदिक शास्त्रमा ूजननी जन्मभूमिश्च स्वर्गादपि गरियसीू भनिएको उल्लेख गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईले आमा र जन्मभूमिको महत्व सर्वोपरि रहेको बताएका छन्।
आमाको महत्व:
आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिनुभएको कारण बाबुभन्दा पनि आमाको महत्व हजारौँ गुणा बढी हुने शास्त्रीय व्याख्या गरिएको छ। त्यसैले जीवित आमालाई सम्मान र दिवङ्गत आमालाई तर्पण, पिण्डदान गरेर श्रद्धा प्रकट गरिन्छ। वैशाख कृष्ण औँसीमा दिवङ्गत आमाले आश गर्ने विश्वास गरिएकाले यस दिन विशेष रूपमा श्राद्ध गर्नु शुभ मानिन्छ।
मातातीर्थमा मेला:
यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा विशेष मेला लाग्ने चलन रहेको छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गुरु अस्त र केही देशमा सूर्यग्रहण देखिने भन्दै आमाको मुख हेर्न नहुने भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ। समितिले धर्मशास्त्रमा आधारित रहेर पर्व मनाउन अनुरोध गरेको छ।