Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिव शर्माको बिदाइ



विराटनगर  कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रमबीच बिदाइ गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा शर्मालाई औपचारिकरूपमा बिदाइ गरिएको हो।

२०८० माघमा निमित्त प्रमुख सचिवका रुपमा नियुक्त भएका शर्मा पछिल्लो १ वर्ष ३ महिनादेखि प्रमुख सचिवका रुपमा कार्यरत थिए। हालै उनको सरुवा भई उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा गएका छन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले शर्माको कार्यकाल स्वच्छ र निर्विवाद रहेको उल्लेख गर्दै उहाँलाई “स्वच्छ छविको प्रशासक” को संज्ञा दिए।

प्रमुख सचिव शर्माले पनि कोशी प्रदेशमा बिताएको समयलाई “सुखद” भन्दै, कार्यकालभरि मुख्यमन्त्री, मन्त्रीहरू र कर्मचारीहरुद्धारा प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार