विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा सवारीमा भएको आगलागी घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। आज बिहान पाथिभरा मन्दिरतर्फ जाँदै गरेको गाडीमा बिजुलीको तार झरेर आगलागी हुँदा चार जनाले ज्यान गुमाएका थिए।
मुख्यमन्त्री कार्कीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
घटनामा घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौँ लैजाने प्रयास भइरहेको जानकारी दिँदै उनले दोषीको खोजी गर्न र कारबाही अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्।